HealthNews

दुई प्रयोगशालाका दुई थरी रिपोर्ट : जनकपुरले पोजिटिभ देखाएको भोलिपल्ट हेटौडाले नेगेटिभ देखायो

१६ असार । रौतहटको पाँच जनामा कोरोना संक्रमणमा पुष्टि भएको भोलिपल्टै सबैको नेगेटिभ रिपोर्ट आएको छ । जिल्लाको स्वास्थ्यका कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा सोमबार कोरोना संक्रमण पुष्टि भयो ।

प्रदेश नम्बर २ को प्रादेशिक ल्याव जनकपुरमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सक्रमण पुष्टि भएको थियो । तर ती कर्मचारीहरुले ल्यावको रिर्पोटमाथि शंका लागेर स्वास्थ्य कार्यालयको पहलमा पुनः स्वाव संकलन गरेर बागमती प्रदेशको हेटौडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्यावमा सोमबारै पठाए ।

सो ल्यावबाट आज मंगलबार आएको रिर्पोटमा भने उनीहरु सबैको नेगेटिभ नजिता आएको छ । सो कार्यालयमा कार्यरत एकजना कर्मचारीको छोरामा कोरोना संक्रमण पुष्टिभएपछि उनको परिवार सहित सो कार्यालयका सम्पूर्ण कर्मचारीको स्वाव संकलन गरेर प्रदेश नम्बर २ को प्रादेशिक ल्याव जनकपुरमा पठाइएको ५ दिनपछि रिर्पोट आउँदा ५ जना कर्मचारीमा संक्रमण पुष्टि भएको नाम उल्लेख नगर्ने शर्तमा स्वास्थ्य कार्यालयका एक कर्मचारीले जानकारी दिए ।

यसरी कार्यालयमै कार्यरत कर्मचारी साथीमा संक्रमण पुष्टि भएपछि सबैमा त्रासको वातावरण सृजना भएको, उनीहरुको घरपरिवारमा मानसिक तनाव बढेकोमा हेटौडाको ल्यावले उनीहरु कसैमा पनि संक्रमण नरहेको पुष्टि गरेपछि ढुक्क भएको उनले बताए ।

जनकपुरले संक्रमण पुष्टि गरेका कर्मचारी आफै कोरोना भाइरससँग बच्न निकै सर्तक रहेका र भीडभाड लगायतका स्थानमा पनि नजाने, सहभागी नहुने भएकाले उनीहरुमा संक्रमण भएको हुनसक्ने कुरामा अविश्वास लागेर सोही दिन स्वाव संकलन गरेर हेटौडा पठाइएको उनले बताए ।

यसरी दुईवटा ल्यावले फरकफरक रिर्पोट दिएपछि कसको रिर्पोटको विश्वास गर्ने भन्नेबारे असमञ्जस भएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो रिर्पोटलाईनै मान्यता दिइनेछ ।

यस बारेमा न्यूज २४ ले प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसँग जिज्ञासा राख्दा दुईवटा ल्यावको दुईथरी रिर्पोटले सबैलाई दुविद्धामा पारेको भन्दै अब ती पाँचैजनाको स्वाब पुनः संकलन गरेर केन्द्रीय प्रयोगशाला टेकु पठाउने र त्यसको रिर्पोट अन्तिम मानेर अगाडि बढ्ने बताउनुभयो ।

उहाँले केन्द्रीय प्रयोगशालाले दिने रिर्पोटबाट दुबै प्रदेशको ल्यावमध्ये कुनको रिर्पोट सही÷गलत पुष्टि हुने र ल्यावको विश्वसनियता पनि प्रमाणित हुने प्रतिक्रिया दिनुभयो ।
यसरी प्रदेश नम्बर २ को प्रादेशिक ल्याव जनकपुरमा परीक्षण गर्दा नेगेटिभ आएको भनेर क्वारेन्टाइनबाट घर पठाइएका जिल्लाको वृन्दावन नगरपालिकाका एक युवामा १० दिनपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

सो ल्यावले नेगेटिभ भनेपनि केन्द्रीय प्रयोगशाला टेकुले गरिएको पुनः परीक्षणमा पोजेटिभ आएको थियो । हाल ती युवक निको भएर घर फर्किसकेका छन् । सो ल्यावको परीक्षणको गुणस्तरीयता प्रश्न उठेपछि बीचमा ल्याव बन्द गरिएको थियो । हाल फेरि नयाँ आरटी पीसीआर मेसिन जडान गरेर ल्याव सञ्चालनमा आइरहेको छ ।

Related Articles

Back to top button
Close