News

निर्वाचन आयोग पुगेको नेकपा (एमाले) कसको हो ? : पुष्पकमल दाहाल ‘प्रचण्ड’

१६ असार । नेकपा (एमाले) नामबाट निर्वाचन आयोगमा दल दर्ता भएपछि नेकपाको जारी स्थायी कमिटी बैठकमा पनि यस विषयले प्रवेश पाएको छ ।

जनताका बहुदलीय जनवादका प्रर्वतक मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसर पारेर गत असार १४ गते निर्वाचन आयोगमा नेकपा (एमाले) नामको पार्टी दर्ता भएको हो ।

File Picture
निर्वाचन आयोगले नेकपा एमाले दर्ता भइनसकेको दर्ताका लागि निवेदन मात्र परेको जानकारी दिएपनि यही विषयलाई लिएर नेकपा स्थायी कमिटी बैठकमा चर्चा भएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग पुगेको एमाले कस्को पार्टी हो भनेर प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसंग प्रश्न राख्नु भएको बैठकमा सहभागी एक नेताले न्यूज २४ लाई बताए ।

प्रधानमन्त्री ओलीले भने यस विषयमा अनभिज्ञता प्रकट गर्दै आफुले माओवादी केन्द्र नामको दल दर्ता हुँदा पनि कुनै प्रश्न नउठाएको बताउनु भएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि नेकपा एमाले दल दर्तामा नेकपाका नेता तथा कार्यकर्ताको सहभागी भए नभएको विषयमा छलफल भएको जानकारी सञ्चारकर्मीलाई दिनु भयो ।

नेकपा एमाले नामको दल निर्वाचन आयोगमा दर्ता भयो भन्ने समाचार आज न्यूज २४ को यस अनलाइन संस्करणले पहिलो पटक सार्वजनिक गरेको थियो ।

Related Articles

Back to top button
Close