News

दुई कर्मचारीमा देखियो कोरोना, स्थानीय तहका सबै सेवा बन्द

सल्यान, १६ असार । सल्यानको दार्मा गाउँपालिकाका दुई कर्मचारी कोरोना पोजिटिभ देखिएपछि स्थानीय तहका सबै सेवा बन्द गरिएको छ ।

दुइटा क्वारेन्टाइनमा बसिरहेका ३ जना र २ जना कर्मचारीलाई एकैसाथ कोरोना देखिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिए । सङ्क्रमितहरु वडा नं। १ का १ जना, वडा नंग। ५ का ३ जना र वडा नं। ६ का १ जना रहेका छन् ।

कोरोना पुष्टि भएपछि गाउँपालिकाले १० गते बजेट सार्वजनिक गरी पुनस् १५ गते बस्नेगरी स्थगित गरेको गाउँसभा समेत अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिए ।

Related Articles

Back to top button
Close