Intresting

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, २०५० सम्म यतिधेरै मानिस लाने ( भिडियो सहित )

काठमाडौं। मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् । १ वर्षमा १ हजार उडान हुनेछन् र २०५० सम्म मंगल ग्रहमा १० लाख मानिस पुग्नेछन् । मंगल ग्रहमा बस्ती बसाउने महत्वाकांक्षी योजनामा काम गरिरहेको कम्पनी स्पेसएक्सले यस्तो योजना सार्वजनिक गरेको हो । अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले झण्डै २ दशकदेखि मंगल ग्रहमा मानिस लैजाने परियोजनामा काम गरिरहेको छ।

पछिल्लो जानकारी कम्पनीकी सीओओ गिन्नी शटवेलले टाइम म्यागजिनसँगको कुराकानीका क्रममा बताएकी हुन् । शटवेलका अनुसार कम्पनीले मंगल ग्रहमा इन्टरनेटको सुविधाको लागि काम गरिरहेको छ र यसको लागि अहिले स्टारलिंकका स्याटेलाइटहरुलाई अन्तरिक्षमा स्थापित गरिँदैछ । शटवेलका अनुसार स्टारलिंकका स्याटेलाइटहरुले पृथ्वी र मंगल ग्रह दुवैतर्फ इन्टरनेट सुविधा उपलब्ध गराउनेछन् । यी स्याटेलाइटले दुई ग्रहमा रहेका मानिसहरुलाई जोड्ने काम गर्नेछन्।

सीओओ शटवेलका अनुसार जब मानिस मंगल ग्रहमा पुग्नेछन् उनीहरुलाई पृथ्वीमा रहेका मानिसहरुसँग कुरा गर्नु पर्नेछ । यो कामको लागि स्टारलिंक स्याटेलाइटको भूमिका अहम हुनेछ । स्पेसएक्सले २०५० सम्म मंगल ग्रहमा १० लाख मानिस पुर्याउने योजना बनाएको छ । कम्पनीको योजनाअनुसार हरेक दिन मंगल ग्रहका लागि ३ उडान उड्नेछन् । हरेक उडानमा १०० जनाले मंगल ग्रहसम्मको यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।

यसअघि २०१७ मा एलन मस्कले आफूले २०२२ सम्ममा मंगल ग्रहमा २ कार्गो विमान पठाउन चाहेको बताएका थिए । उनले २०२४ सम्म अन्य ४ विमान पठाउन चाहेको समेत बताएका थिए । यी चार फ्लाइटमा २ जना मानिस पनि जाने उनको योजना थियो । स्पेसएक्सले स्टारशिप रकेटमार्फत मानिसलाई मंगल ग्रहमा पठाउन चाहन्छ । अघिल्लो महिना एलन मस्कले रकेट बनाउने काम भइरहेको बताएका थिए । उनले मंगल ग्रहमा बस्ती बसाउनु निकै कठिन हुने र यस क्रममा कैयौं खतरा पनि हुने स्वीकार गरेका थिए।

त्यसैगरी / अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र सरुवा रो’ग विशेषज्ञ एन्थोनी फाउचीले नोभेम्बर महिनाको अन्त्यसम्ममा को’रोनाको खोप तयार भइसक्ने संकेत दिएका छन्। बेलायतको नेसनल हेल्थ सर्भिस ट्रस्टका प्रमुखले पनि डिसेम्बरको आरम्भसम्ममा खोप तयार हुन सक्ने बताएका छन्। बेलायतमा स्वास्थ्यकर्मीहरूलाई को’रोना खोप दिने योजना बनेको छ । क्रिसमसअघि हेल्थकेयर वर्करहरूलाई खोप दिन सकिनेछ।

अमेरिकाले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाको खोप तयार पार्न एक अर्ब डलर दिएको छ र आफ्ना लागि ४० करोड डोज सुरक्षित पारेको छ । बेलायत सरकारले पनि १० करोड डोजको अर्डर गरिसकेको छ।

फाउचीले नोभेम्बरको अन्त्यसम्ममा कोरो’ना खोप प्रभावकारी छ कि छैन भन्ने थाहा भइसक्ने बताए । यो सुरक्षित र प्रभावकारी रहेको पुष्टि भएपछि आवश्यकता परेका मानिसलाई खोप दिने अर्को चुनौती भएको उनले बताए।

तर डिसेम्बरमा खोप सफल भएको घोषणा भएछ भने पनि प्रत्येक व्यक्तिलाई खोप दिनका लागि डोज नपुग्ने उनले बताए । अमेरिकामा मानिसहरूले सन् २०२१ को लगभग मध्यसम्म को’रोना खोपका लागि प्रतीक्षा गर्नुपर्ने उनको भनाइ छ।

यो पनि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले टीका लगाएको तस्बिर राखेर विजया दशमीको शुभ कामना दिएका छन् । उनले आज आफू सहित नेपाल स्थित अमेरिकी मिशनको तर्फबाट शुभकामना दिएका हुन् ।

बेरीले नेपाली टोपी र रातो टीका लगाएको तस्बिर समेत सार्वजनिक गरेका छन् । तस्बिरमा सबैजना नेपाली स्थानीय पोशाकमा देखिन्छन्। उनले शुभकामनामा भनेका छन्ः २०७७ सालको विजया दशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिशनको तर्फ बाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं।

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले टीका लगाएको तस्बिर राखेर विजया दशमीको शुभकामना दिएका छन। उनले आज आफूसहित नेपालस्थित अमेरिकी मिशनको तर्फबाट शुभकामना दिएका हुन। बेरीले नेपाली टोपी र रातो टीका लगाएको तस्बिर समेत सार्वजनिक गरेका छन् । तस्बिरमा सबैजना नेपाली स्थानीय पोशाकमा देखिन्छन् ।

त्यस्तै,बलिउड अभिनेत्री करीना कपुर खानले सैफअलीका पुर्व पत्नि अमृता सिंहसंग जीवनमा कहिल्यै पनि भेट नभएको बताएकी छन् । उनले सो कुरा बलिउडका निर्देशक तथा निर्माता करण जौहरको कार्यक्रम ‘कफी विथ करण ६’ मा बताएकी हुन् ।

Related Articles

Back to top button
Close