International

अमेरिकी प्रतिबन्ध भन्दा कोरोना लकडाउनले इरानको अर्थतन्त्र तहसनहस : इरानी राष्ट्रपति

१४ असार । इरानका राष्ट्रपति हसन रुहानीले ईरान यो बेला एकदम खराब अबस्थाबाट गुज्रिरहेको बताएका छन् । राष्ट्रपति हसनले यस्तो अवस्था हुनुमा कोरोना महामारी र अमेरिकाले लगाएको कडा प्रतिबन्धलाई जिम्मेवार ठहराएका छन् । उनले भनेका छन्, “महामारीले उनको अर्थव्यवस्थामा धेरै चुनौती खडा गरेको छ, जुन अमेरिकी प्रतिबन्धका कारण पार गर्न अझ गाह्रो भएको छ ।”इरानमा आइतवारको आफ्नो प्रसारणमा रुहानीले भने, शत्रु देशले सिर्जना गरेको आर्थिक दबाब र महामारीका कारण इरानका लागि यो वर्ष सबैभन्दा कठिन समय हो। उनले अगाडि थपे, ”२०१८ मा गठन हुन लागेको आर्थिक दबाब अब बढेको छ । र वर्तमान समय हाम्रो देशका लागि सबैभन्दा कठिन समय हो।”

चीनपछि र युरोप भन्दा पहिले कोरोना भाइरस महामारीले इरानलाई गम्भीर प्रभाव पारेको थियो। आइतबार ईरानका स्वास्थ्य विभागका प्रवक्ता सिमा सादत लारीले ईरानमा अहिलेसम्म कोरोना संक्रमणको २ लाख २२ हजार ६ सय ६९ केस रहेको बताएका छन् । त्यहाँ दस हजार भन्दा बढी मानिसहरुको कोरोनाबाट ज्यान गएको छ ।

हसन रुहानीले आगामी आइतवारदेखि भीडभाड भएका स्थानहरूमा मास्क लगाउनु र इरानमा रेड जोनलाई अनिवार्य गरिने बताएका छन्। २०१८मा अमेरिकाले इरान आणविक सम्झौताबाट हात बाहिर निकाले र फेरि इरानमा धेरै प्रतिबन्ध लगायो । सोमबार इरानको मुद्रा अमेरिकी डलरको बिरूद्ध सब भन्दा तल्लो तहमा खस्कियो।

Related Articles

Back to top button
Close