News

धुलिखेल अस्पतालले कोरोना सं’क्रमितसँग माग्यो २ लाखसम्म धरौटी

४ कात्तिक, काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालले कोरोना भाइरस सं’क्रमण भई उपचाररत बिरामीलाई भर्ना हुनुअघि २ लाख रुपैयाँसम्म नगद धरौटी राख्न सूचना जारी गरेको छ ।

अस्पताल प्रशासनले कात्तिक ३ गते सूचना जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार भन्दै सं’क्रमितलाई भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्न आग्रह गरेको छ ।

अस्पतालले सामान्य लक्षण भएकासँग ५० हजार, मध्य जटिल बिरामीसँग १ लाख र आईसीयूमा राख्नुपर्ने बिरामीसँग २ लाख रुपैयाँ धरौटी माग गरेको हो । त्यसमा औषधी तथा रोग निदानमा प्रयोग हुने जाँचको थप रकम लाग्ने पनि खुलाएको छ ।

अस्पतालमा उपचार खर्च भने सामान्य लक्षण भएकालाई दिनमा ३५ सय, मध्य जटिल समस्या भएकालाई ७ हजार ५ सय र आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई १५ हजार शुल्क लाग्नेछ । यही रकमले अस्पतालले खाना खुवाउनेछ ।
सरकारले कात्तिक २ गतेदेखि लागू हुने गरी आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने निर्णय गरेको छ ।

यसै अनुसार उपचार अघि बढाउन अस्पतालहरुलाई पत्राचार पनि गरेको छ । सरकारको निर्णयसँगै अस्पतालमा कोरोना सं’क्रमितसँग रकम माग्न थालिएको छ ।

हेर्नुहोस् अस्पतालको सूचना

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को पहिचान गर्ने एउटा नयाँ उपकरणले गरिब तथा साधारण आय भएका देशमा सं’क्रमण पत्ता लगाउने क्षमतामा निकै वृद्धि हुने बताएको छ । संगठनले यो नयाँ परीक्षण उपकरणको कुरा यस्तो समय गरेको छ जब संसारभरी को’रोना भा’इरसका कारण मा’रिएकाको संख्या १० लाख पार भइसकेको छ। डब्ल्यूएचओका अनुसार यो परीक्षणको खर्च केवल पाँच डलर अर्थात् ५८७ नेपाली रुपैयाँ पर्दछ र यसले ती देशलाई फाइदा हुनसक्छ जहाँ स्वास्थ्यकर्मीको कमी छ र प्रयोगशाला पनि कम छन् ।

संगठनका अनुसार यो परीक्षण विकसित गर्ने कम्पनीसँग जुन सम्झौता भएको छ, त्यसअनुसार कम्पनीले ६ महिनाभित्र १२ करोड परीक्षण गर्नेछ ।

विश्व स्वास्थ्य संगठनले यो परीक्षणको निकै तारिफ गरेको छ । डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेडरोसले भने, ‘यो नयाँ उपकरण निकै सजिलै ल्याउन– लान सकिन्छ । यसले नतिजा पनि केही मिनेट (१५ देखि २० मिनेट) भित्र नै प्रदान गर्दछ ।’ औषधी निर्माता कम्पनी ऐबोट एण्ड एसडी बायोसेनरले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनसँग मिलेर १२ करोड परीक्षण तयार गर्न सहमति जताएका छन् ।

यो सम्झौताको फाइदा संसारका १ सय ३३ देशलाई हुनेछ जसमा ल्याटिन अमेरिकाका थुप्रै देश समावेश छन् । यी देश म’हामारीले नराम्रोसँग प्रभावित छन् । पत्रकारसँगको कुराकानीमा डा. टेडरोसले भने, ‘परीक्षणको हिसाबले र अत्यधिक प्रभावित इलाकाका लागि यो एक महत्वपूर्ण उपलब्धि साबित हुनेछ ।’ उनले भने, ‘यो परीक्षणले धेरैभन्दा धेरै मानिसहरुको परीक्षण हुनेछ । यो ती इलाका र देशका लागि निकै महत्वपूर्ण साबित हुनेछ जहाँ परीक्षण गर्नका लागि प्रयोगशालासमेत प्रशिक्षित स्वास्थ्यकर्मीको कमी छ ।’

Related Articles

Back to top button
Close