International

बाढीपहिरोबाट मर्नेको संख्या ९० पुग्यो, पाँच लाखभन्दा बढी चौपाया मरिसके

एजेन्सी । भियतनाममा गएको दुई हप्तादेखि यता भिषण वर्षाका कारण बाढी र पहिरो गईरहेको छ । उक्त बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको ज्यान गएको त्यहाँका प्राकृतिक प्रकोपको उद्धार सम्बन्धी अधिकारीहरुले जनाएका छन् ।

ती अधिकारीका अनुसार भियतनाममा बाढीका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । भारी वर्षासँगै आएको बाढी पहिरोबाट पछिल्लो एक हप्ताभित्र कम्तीमा ९० जनाको मृत्यु भइसकेको उनीहरुले बताएका हुन् । साथै ती अधिकारीहरुका अनुसार उक्त बाढी र पहिरोमा परी अरु कम्तीमा पनि ३४ जना व्यक्ति हराइरहेका छन् । बाढीमा परेर सैनिक ब्यारेक समेत बगाएको बताइएको छ । त्यहाँका सुरक्षा अधिकारीहरुले यसरी सैनिक ब्यारेक बगाउँदा त्यसमा रहेका सैनिकमध्ये ११ जना सैनिक बेपत्ता भएका छन् ।

उद्धारकर्मीहरुले हराएका ती सैनिक र अरु स्थानीयहरुको खोजी कार्य जारी नै रहेको बताएका छन् । उनीहरुको खोजी कार्य अहिले पनि जारी रहेको सोमबार बताइएको छ । भियतनामको मध्य क्षेत्रका कतिपय राज्यहरुमा नै असर परेको छ । जसका कारण त्यहाँ कम्तीमा पनि ३७ हजार घरमा क्ष’ति पुगेको छ भने त्यहाँ १ लाख भन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

भियतनाममा यही अक्टोबर ६ देखि विभिन्न स्थानमा भीषण वर्षा हुँदा स्थानीय नागरिकका पाँच लाखभन्दा बढी चौपाया पनि मरेका छन् । त्यस्तै कतिपय स्थानमा पहिरोले बस्ती नै बगाएको छ ।

यो पनि….

आज – ०३ कार्तिक २०७७ सोमवार को राशिफल
Daily

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । खनपिनमा विचार गर्नुहोला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नजीकको यात्राको योगछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज खेल र मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् भेटको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर रहनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा उत्साहका साथै बोली विक्ने समयछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममा सफलतापनि मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Related Articles

Back to top button
Close