News

को होलान् उनी ? ग्वार्कोको सडकवाट उठाएर प्रहरीले अस्पताल नपुर्याउँदै भयो निधन

काठमाडौ । ललितपुरको ग्वार्कोमा एक ब्यक्ति बिरामी अवस्थामा फेला परेका थिए । उनलाई प्रहरीले उठाएर अस्पताल उपचारका लागि लिएर गएको थियो । तर अस्पतालमा चिकित्सकले भने उनलाई निधन भएको घोषणा गरिदिए । अहिले ति पुरुष को हुन् भन्ने खुलेको छैन । प्रहरीले उनको पहिचान पत्ता लगाउने कोशिष गरेको छ ।

सोमबार बिहान ११ बजे ललितपुरको ग्वार्कोबाट पाटन दरबार स्क्वायर जाने सडकछेउ आन्दाजी ४० वर्षीय पुरूष अर्धचेत अवस्थामा फेला परेका थिए । स्थानियले खबर गरेपछि पुगेको प्रहरीले उनलाई अस्पताल लगेको थियो।

उनलाई प्रहरीकै गाडीमा हालेर ललितपुरस्थित पाटन अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए। उनलाई अस्पताल पुग्दा नै चिकित्कसले निधन भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ ।

पोष्टमार्टमको लागि शवलाई पाटन अस्पतालमा राखिएको छ। उनको निधन कसरी के कारण पनि नखुलेको प्रहरीले जनाएको छ । प्रहरीले पोष्टमार्टम पछि मात्र उनको निधनको कारण थाहा हुने प्रतिकृया दिएको छ । तस्बिर सेतो पाटी

यो पनि….

आज – ०३ कार्तिक २०७७ सोमवार को राशिफल
Daily

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । खनपिनमा विचार गर्नुहोला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नजीकको यात्राको योगछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज खेल र मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् भेटको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर रहनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा उत्साहका साथै बोली विक्ने समयछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममा सफलतापनि मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Related Articles

Back to top button
Close