News

जानकी मन्दिरमा बवाल, नयाँ महन्तले यस्तोसम्म गरेपछि हटाउन घरदैलो

जानकी मन्दिरका नयाँ उत्तराधिकारी महन्थ रामरोश दासमाथि गम्भीर आरोप लगाइएको छ । उनले जानकी मन्दिरको नाममा प्रदेश २ को सरकारबाट विभिन्न शिर्षकहरुमा तथा अन्य निकायहरु समेतबाट प्राप्त करोडौ रुपैयाँ हिनामिना गरेको आरोप लगाईएको हो । यस्तो आरोप गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले लगाएका हुन् ।

उनले जनकपुरधाम र हिन्दु संस्कृती विपरित जानकी नवमीमा केक काटेका थिए । रोशन दासलाई कार्वाहीको मागगर्दै गौ संरक्षण मञ्चका अध्यक्ष महासेठले तेस्रो चरणको कार्यक्रम प्रारम्भ गरेका छन् । रोशन दास गैर हिन्दु इसाराबाट प्रभावित भै सनातन धर्म र संस्कृती बिरुद्ध काम गरिरहेको उनले आरोप लगाएका छन् ।

जानकी मन्दिर भन्दा फरक समिति बनाइ विभिन्न निकायहरुबाट लिएको रकम जम्मागरि झिकेर हिनामिना गरेको उनको आरोप छ ।

रोशन दासले गरेको अनियमितताको विभिन्न सञ्चार माध्यम र मन्दिरका महन्थ रामतपेश्वर दास, अन्य दाताहरुले पटक पटक आरोप लगाएका छन् । महासेठले भने जानकी मन्दिरलाई जोगाउन सबै पक्षलाई अगाडी आउन आग्रह गरेका छन् ।

‘दुई चरणको कार्यक्रममा सम्बन्धित निकायहरुले छानविन र कार्वाहीका लागि चासो देखाएन्’ उनले भने, तेस्रो चरणमा जानकी मन्दिर र हिन्दू धर्मको रक्षाका लागि नागरिकलाइ जगाउन घरदैलो सुरु गरिएको बताए ।

अभियानलाई हिन्दू स्वयं सेवक संघ धनुषा, हिन्दू परिषद नेपाल, राम युवा कमिटी, महाबीर युवा कमिटी, जनक युवा क्लव लगायतले सहयोग र समर्थन गरेको बताइन्छ । जनकपुर टुडेबाट

यो पनि….

आज – ०३ कार्तिक २०७७ सोमवार को राशिफल
Daily

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । खनपिनमा विचार गर्नुहोला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नजीकको यात्राको योगछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज खेल र मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् भेटको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर रहनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा उत्साहका साथै बोली विक्ने समयछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममा सफलतापनि मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Related Articles

Back to top button
Close