News

bracking news::भर्खरै यस्तो नि’र्णय, दशैंभर ल’कडाउ’न घोषणा, बाहिर निस्किन नपाइने, ब’जार हो’टल पा’सल स’बै बन्द !

भर्खरै यस्तो निर्णय, दशैंभर लकडाउन घोषणा, बाहिर निस्किन नपाइने, बजार होटल पासल सबै बन्द !

यो पनि पढ्नुहोस : सशस्त्र प्रहरीको गो’लीले १ भारतीयको मृ’त्यु, अन्य ३ भारतीय घा’इते !

सर्लाही नेपाल भारत सीमामा सशस्त्र प्रहरीले चलाएको गो’ली लागेर एक जना भारतीय नागरिकको मृ’त्यु भएको छ ।अन्य ३ जना घा’इते भएका छन् ।ज’बरज’स्ती सीमा पार गरेर नेपाल प्रवेश गर्न खोजेकाहरुलाई सशस्त्र प्रहरीले रो’क्ने क्रममा झ’डप भएको थियो ।पहिले सशस्त्रले हवाइ फा’यर गरेर उनीहरुलाई त’र्साउन खोजेको थियो तर उनीहरुले न’टेरे पछि गो’ली च’लाउनु परेको थियो।

भारतीय समूहले शुक्रबार बिहान सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी माथि आ’क्रमण गरेका थिए ।एक सशस्त्र प्रहरीको ह’तियार समेत खा’सेर भा’ग्न खो’जे पछि प्र’तिकारमा सशस्त्रले गो’ली च’लाएको थियो ।घा’इते भएका तीन जनालाई सशस्त्रले ज्या’न नजाने गरी घुँडा मुनि गो’ली हा’नेको छ ।एक जनाको अ’वस्था ग’म्भीर रहेको बताइएको छ।

जानकारी अनुसार सुरुमा केही व्यापारी नेपाल छि’र्न खोजेका थिए तर सशस्त्रले छि’र्न दिएन ।पछि ती व्यापारीले नजिकैको भारतीय गाउँमा गएर अरुलाई पनि बोलाएर ल्याए पछि झ’डपको स्थिति आएको थियो । समाचार एजेन्सी एएनआइका अनुसार मृ’त्यु हुने २५ वर्षका डिकेश कुमार हुन् । भा’इतेहरु उमेश राम र उदय ठाकुर भएको एजेन्सीले जनाएको छ। अर्का घा’इतेको प’हिचान खुलेको छैन।

यो पनि पढ्नुहोस : दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामी लाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।

प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्। हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएर बङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालो पारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन; तर हामीसंग बिजुलि निकाल्ने बिध्या छैन; हामी त्यसैले गरीब छौ। हाम्रा हिमालहरुले हामीलाई प्रसस्त बिदेशी मुन्द्रा दिन सक्छन; तर हामीलाई पर्यटन ब्यबसायको ज्ञान छैन, बिदेशी मुन्द्रा तान्नसक्ने कला छैन; हामी त्यसैले गरिब छौ।

सधै भुइचालो गैरहने, र समुन्द्री तुफानहरुले सताइ राख्ने भुमिलाई जापनिजहरु ले, एक उदाहरणीय देशको रुपमा चिनाए। हामी जहिले पनि देशको भुपरिबेष्ठितालाई दोष दिदै उम्कन खोज्छौ। यथार्थमा हामीलाई कंगाल बनाउने हाम्रो आफ्नो अप्रगतिशील समाजिक संरचनाहो, हाम्रो आफ्नो गलत धारणा हो, हाम्रो आफ्नो कुसंस्कार हो, हाम्रो आफ्नो आलशीपन हो, हाम्रो आफ्नो दुर्गतिशील बिचारधारा हो। हाम्रो भोतिक कंगालपन हाम्रो बैचारिक कंगालपनको प्रतिबिम्ब मात्र हो।

हामी यति कंगाल छौ कि आफ्ना पुर्बजहरुले कमाईदिएको अमुल्य मणिलाई, नचिनेर ढुङगा सरह ठान्छौ। त्यसको ज्वलन्त उधाहरण हो “दशा”। गरीब देशका गरीब नागरीक हामी नेपाळिका लागी दुख एक घनिष्ठ सम्बन्धी हो, जहांकी आजभन्दा २५०० बर्ष अघी, यस धर्तीका एक महापुत्रले संसारलाई दुख बिनासको बाटो देखाएका थिए। ति महापुरूष बुद्ध का बाणीहरु आजपनि परिशुद्द अबस्थामा पाईन्छन्।

ईमे दुख्ख निरोध गामीनी पतिपदा। यो दुखलाई जरैबाट उखेल्ने बाटो हो। सब्बथ संबरो भिक्खु सब्ब दुख्ख पमुच्चति। अति अनुशासित ब्यक्ति, सारा दुखबाट पार हुन्छ। दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं। दुख के हो जान्नु, दुखको उत्पति जान्नु, दुखको बिनास जान्नु, र दुख बिनास गर्ने बिध्या जान्नु।

शिद्दार्थ गोतम जीबनका दुखलाई देखेर ती दुखबाट छुटकारा पाउने बिध्या खोज्न हिडेका थिय। छ बर्षको खोजि पछि उहांले दुख नास गरने बाटो पत्ता लगाएको ऐलान गर्नु भयो र त्यो बाटोमा हिड्न सिकाउदै हिड्नु भयो। आज आफुलाइ बिद्वान मान्दै हिड्नेहरु, बिषयको जानकारी बिना प्रतिकृया दिन मन पराउछन्, तर बुद्धको मातृभुमिमा उहांको शिक्षाको बारेमा जान्ने मान्छेहरु नगन्य मात्रामा छन।

बुद्दले आफ्नो जिन्दगिको ४८ बर्ष दुखको ज्ञान र त्यसको बिनाषको बाटोको शिक्षा दिएर बिताउनु भयो। ४८ बर्षमा बुद्धले ८४,००० वटा उपदेशहरु दिनु भयो। तिनीहरुको सारंश अनेक प्रकारले ब्यक्त गर्न सकिन्छ, त्यो मध्य एक हो “दशा”।

वुद्दको जन्मभुमी नेपालका अधिकांस बासिन्धाहरु आजपनि, दुख, आपदा, बिपदा पर्दा भन्ने गर्छन – मेरो त दशा खराब रहेछ। अथबा, मेरो त दशा बिग्रेको रहेछ। सुगाले गीत गाए जस्तै प्रायजस्तो सबैलाई दशाको अर्थभने थाह हुदैन। के हो त आखिरमा दशा? दशा बुद्धको शिक्षाको सारंस हो। दशा हाम्रा पुर्वजहरुको आबिश्कार हो। बुद्ध दशालाई यसरी लय हालेर गाउनु हुन्थ्यो, ताकी लेखन पढ्न नजान्ने त्यो जमानाका मान्छेहरु कन्ठस्थ गरेर याद गर्न सकुन।

दानं शिलं च निक्खमं, पञ्या, विर्यं च पञ्चमं। खन्ति,सच्च, मधिठ्ठानं, मेत्ता, पेख्खा, तिमे दश:।। दान (१), शिल (२), त्याग (३), ज्ञान (४), पराक्रम (५)। क्षमा (६), सत्य (७), दृढनिष्चय (८), मैत्री (९), उपेक्क्षा (१०)।।

उपरोक्त दश गुणहरु नै नेपालीले भन्ने गरेका “दशा” हुन र तिनीहरको निरन्तर अभ्यास नै, बुद्दको र ऋषिमुनिहरुको शिक्षा हो। यी दश गुणहरु जति जति परिपुष्ठ हुन थाल्छन, त्यति, त्यति दुख्ख नास हुदै मनमा सुख उत्पन्न हुन थाल्छ। सास्त्रको अध्यायन गरेर बिद्बान कहलिने हाम्रो समाजले यो बुझ्न आबस्यक छकी, कुनै चिजको बारेमा पढेर, सुनेर बिद्वान बनिदैन, ताकी त्यो बिषयको प्रयोग गरेर त्यसमा पारंगत प्राप्त गरेर बिद्वान बनिन्छ। त्यसैले उपरोक्त दश गुणहरु थाहा पाउनुले कसैलाई बिद्वान बनाउदैन, कसैलाई ज्ञानी बनाउदैन। ति गुणहरुको अभ्यासले जीबनमा सकारात्मक परिबर्तन ल्याउछ र अभ्यास गर्ने ब्याक्तिलाई आफ्नो अनुभब बाट केहि सिकाउछ, त्यहि साँचो ज्ञान हो।

यी दशवटा गुणको अभ्याश गर्दै जादा, यी गुणहरु परिपक्क हुदै। जति जति यी गुणहरु परिपक्क हुदै जान्छन जिन्दगीमा पुर्णता आएको अनुभब हुन्छ, अर्थात दुखहरु कम हुदै गएको अनुभब हुन्छ। यी दश गुणहरु को पुष्ठता दुखको सागरबाट पार गराउने भएकोले यिनीहरुलाई दश पारमिता पनि भनिन्छ।

Related Articles

Back to top button
Close