International

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको एक बयानले भारतीयहरुको होस उडायो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको एक बयानले भारतीयहरुको होस उडाएको छ । भारतीयहरु ट्रम्पलाई एकदम नजिकको मित्रका रुपमा हेर्दै आएका छन् । तर अमेरिका भारतलाई मित्र भन्दा पनि आफ्नो स्वार्थका लागि प्रयोग गर्दै आएको छ ।

यो बीचमा ट्रम्पले हालै त्यस्ता केही बयानहरु दिएका छन् जसले भारतीयहरुलाई दुःखीत बनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीन, रसिया र भारतलाई विश्वव्यापी प्रदूषण बढाउनका लागि जिम्मेवार ठहराएका छन् । उनले अमेरिकालाई यस विषयमा सब भन्दा राम्रो देशको रुपमा वर्णन गरेका छन् ।

डोनाल्ड ट्रम्पले बिहीबार उत्तरी क्यारोलिना राज्यमा कडा प्रतिस्पर्धा भएको जुलुसमा यी कुरा उल्लेख गरेका हुन् । राष्ट्रपति ट्रम्पले आफ्नो सरकारले राम्रो काम गरेको दावा गरेका छन् । उनले भने, ‘अमेरिकाले आफ्नो वातावरणको सुरक्षा गरेर ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गरेको छ । अमेरिकी वातावरणीय प्रदूषण, ओजोन तहमा हुने क्षतिसँग सम्बन्धित तथ्याङ्कहरू सब भन्दा राम्रो हो ।’

यो सँगै उनले आरोप लगाए कि चीन, रुस र भारत जस्ता देशहरू वायु प्रदूषणका लागि जिम्मेवार छन् । डोनाल्ड ट्रम्पले जून २०१७ मा पेरिस सम्झौताबाट पछि हट्ने घोषणा गरेका थिए । उनले सम्झौताले अमेरिकाले खरबौं डलर गुमाइरहेको र मान्छेहरु बेरोजगार भइरहेको बताएका थिए । ग्यास र अन्य उद्योगहरू प्रभावित भइरहेको भन्दै उनी सम्झौताबाट पछि हटेका हुन् ।

उनले लिएको यस्तो निर्णयको अमेरिकामा पनि आलोचना गरिएको थियो । उनले बारम्बार चीन र भारत जस्ता देशहरूले यस सम्झौताको अत्यधिक फाइदा लिइरहेको बताउँदै आएका छन् ।

उक्त सम्झौता अमेरिकाका लागि ठीक नभएको बताउँदै उनले यस्तो बयान दिने गरेका छन् । उनले बिहीबारको जुलुसमा भने कि केहि देशहरुका कारण विश्वव्यापी प्रदूषण बढिरहेको छ ।

यो पनि….

आज – ०३ कार्तिक २०७७ सोमवार को राशिफल
Daily

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । खनपिनमा विचार गर्नुहोला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नजीकको यात्राको योगछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज खेल र मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् भेटको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर रहनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा उत्साहका साथै बोली विक्ने समयछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममा सफलतापनि मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Related Articles

Back to top button
Close