News

अस्पतालमा वेड नभएपछि चिकित्सककै अगाडी छटपटिएर गयो संक्रमितको ज्यान

काठमाडौ । अस्पतालमा वेड नपाएकै कारण एक संक्रमितले उपचार नै नपाएर ज्यान गुमाउनु परेको छ । कोरोना संक्रमितको संख्या भयावह हुँदै जाँदा अस्पतालका वेड भरिएका छन् । थप संक्रमितले अस्पतालमा अब बेड नपाउने समस्या थपिएको छ । बुटवलमा एक कोरोना संक्रमित पुरुषको अस्पतालमा बेड नपाएर उपचार विना नै निधन भएको छ।

गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका उनको बेड नपाउँदा उपचार अभावमा निधन भएको हो। अस्पतालका चिकित्सकले वेड अभाव भएका कारण आफुहरुले केही गर्न नसकेको बताएका छन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ती पुरुषलाई शनिबार प्रादेशिक अस्पताल र कोभिड विशेष अस्पताल लगिएको थियो। तर दुवै अस्पतालमा बेड नपाएपछि उनको निधन भएको आफन्तले जानकारी दिएका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले अस्पतालमा वेड नभएकै कारण आफुहरुले केही गर्न नसकेको बताएका छन् । उनले आइसियू कक्ष भरिभराउ भएपछि नयाँ आउने संक्रमितको उपचारमा समस्या भएको बताएका छन् ।

उनले अब नयाँ आउने गम्भिर प्रकारका संक्रमितका लागि वेड नभएको बताएका छन् । आइसियु भरिएका कारण आफुहरुले चाहेर पनि उपचार गर्न नसक्ने उनको भनाई छ । बिरामीका एक आफन्तका अनुसार बेड खाली हुने आशामा अस्पतालमै कुरिरहेकै बेला संक्रमितको निधन भएको हो ।

यो पनि….

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल बि.सं.२०७७ साल कार्तिक २ गते आइतबार ई. सं. २०२० अक्टुवर १८, नेपाल सम्बत ११४० कौलाथ्व द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल द्धितीया, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, प्रीति योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः०६ बजे, सूर्यास्त साँझ ५ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५८ मिनेट देखि ११ बजेर ४९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । रात छिप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन । सहयोगीहरूले साथ दिनेछन । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सन्तति वा भाइबहिनीका समस्यामा खट्ने बेला आएको छ । लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)– राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा नै रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दै जाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – बन्दव्यापारमा फाइदा नै देखिन्छ तर रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । आर्थिक समस्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुने छैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ । मनोरञ्जनमा खर्च बढ्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुने दिन हो । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइने छ । ठूलाबडाको साथ सहयोग पाइने छ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – दिनको सुरुवातमा व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । आलस्य र थकानको अनुभूति हुनेछ, झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । दिनभरि तनावपूर्ण समय रहे पनि साँझमा केही लाभमूलक काम हुनेछन । परोपकारी काममा आकर्षण बढ्ने छ ।

Related Articles

Back to top button
Close