आफ्नो श्री’मती भ’गाउनेको श्री’मती लिएर फरार ‘हिसाब किताब बराबर “
तपाईं दीपक हो । हो, किन । म जितबहादुर दर्नाल, कतारबाट किन मेरी श्री’मती लानुभा’को । लगेँ, तँ सक्छस् भने मेरी पनि लगेर देखा । यो वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका मोरङ, उर्लाबारी ६, मंगलबारेका जितबहादुर दर्नाल तथा सोही गाविस वडा नम्बर ९ का दीपक नेपालीबीचको फोन वार्ता हो ।
वैदेशिक रोजगारीमा डेढ वर्षअघिदेखि कतारमा रहेका २४ वर्षीय जितबहादुर ‘गोपाल’ दर्नाललाई माघ १४ गते आमा सम्झना दर्नालले बुहारी भगवती दर्नाल घरमा नभएको जानकारी दिएकी थिइन् । श्रीमती घरमा नभएको जानकारी पाएपछि जितबहादुरले श्रीमती भगवतीको नम्बरमा फोन गर्दा रातभर स्वीचअफ भएको दर्नालले बताए । भोलिपल्ट बिहान बल्ल फोन लाग्यो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
श्रीमती भगवती दर्नालले जितबहादुरलाई आफूले उर्लाबारी ९ का दीपक नेपालीसँग विवाह गरेको बताइन्, तर उनलाई आफ्नी श्रीमतीले अर्कैसँग विवाह गरेको विश्वास लागेन। केही समयपछि उनले श्रीमती लाने दीपक नेपालीसँगै कुरा गरे। जितबहादुरले किन मेरी श्री’मती लगेर घर बि’गारिदिएको भनेर गु’नासो गरे। दीपक नेपालीले लगेँ तँ सक्छस् भने मेरी पनि लगेर देखा भन्ने उत्तर दिएको जितबहादुरले बताए।
आफ्नी श्रीमती लाने दीपक नेपालीबाट आफ्नी पनि श्रीमती लगेर देखाउन चुनौती आएपछि जितबहादुर दर्नालले बहिनी सुष्मामार्फत दीपक नेपालीकी जेठी श्रीमती सुशीला नेपालीको नम्बर फेला पारेर फोन स’म्पर्क गरे । दीपक नेपालीकी श्रीमती सुशीला नेपालीसँग पहिलो फोन स’म्पर्कमा सामान्य झ’गडा भयो । एकले अर्कोलाई श्रीमान् श्रीमती ठीक ठाउँमा राख्न नसकेका कारण आफू एक्लो भएको दुवैले गुनासो गरे ।
कुरा हुदै जाँदा एकले अर्कोलाई स्वीकार्ने कुरा भएपछि सुशीलालाई काठमाडौं बोलाएँ र म कतारबाट नेपाल आएँ’ जितबहादुर दर्नालले भने, काठमाडौंमा भेटेर पशुपतिनाथको मन्दिरमा सिन्दूरपोते गरेर हामी घर आयौं । यसरी विदेशमा हुँदा श्रीमती पोइल गएपछि आफ्नै श्रीमती लाने दीपक नेपालीको उनकी श्रीमती लगेर देखाउन दिएको चुनौती जितबहादुर दर्नालले चार दिनमै पूरा गरे ।
करिब तीन किलोमिटरको दूरीमा घर भएका जितबहादुर दर्नाल र दीपक नेपालीका श्रीमती यसरी नै साटासाट भएका छन् जितबहादुरकी पहिलेकी श्रीमतीबाट पाँच वर्षमुनिका दुई छोरी आकृति र अंशु छन् भने दीपककी सात वर्षीया छोरी दिप्ती छिन् । परिस्थितिले श्रीमान्श्री मती साटिए पनि छोरीहरू भने आ आफैंसँग छन् । नयाँ जोडीसँग केही दिन काठमाडौंमा बि’ताएर ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **