Intresting

लाजै पचाएर आफूभन्दा धेरै जेठी अभिनेत्री सँग अफेयरमा रहेका चर्चित अभिनेता

नवाबी खानदानकी अभिनेत्री सोहा अली खानको जन्म अक्टोबर ४ मा भएको थियो । उनले सन् २०१५ मा अभिनेता कुणाल खेमूसँग विवाह गरिन् । यी दुईको उमेर चार वर्षको अन्तर छ । अर्थात् सोहा भन्दा कुणाल चार वर्ष कान्छा छन् । तर सोहा र कुणाल मात्र यस्ता कम उमेर अन्तरका जोडी होइनन् । बलिउडमा यस्ता केही जोडी छन्, जसको उमेरको अन्तर निकै फरक छ । अर्थात अभिनेत्री श्रीमति भन्दा अभिनेता पतिको उमेर धेरै कम छ ।

सोहा र कुनाल
विश्व सुन्दरी भइसकेकी अभिनेत्री सुस्मिता सेन र उनका प्रेमी रोहनको अफेयर कोही कतैबाट लुकेको छैन । उनीहरुको प्रेम यसकारण पनि चर्चामा आयो कि सुस्मिता रोहमन भन्दा १६ वर्ष जेठी छिन् ।

रोहन र सुस्मिता
पछिल्लो समयमा यस अनलाइनमा प्रकाशित भएका खोजमुलक समाचारहरु कपि गरेर आफ्नो साइटमा राख्ने पाइएको हुनाले केटीएम दैनिकको अनुमतिबिना कपी नगर्नुहोला । अन्यथा नेपालको प्रतिलिपी अधिकार ऐन र सामाजिक सञ्जाल फेसबुकको अनुसार उजुरी गरिने व्यहोरा सबैको जानकारीको लागि सूचित गरिन्छ ।

अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनासबीच उमेरको अन्तर निकै फरक छ । उनीहरुको शाही विवाह जोधपुरको उम्मेद भवनमा भएको हो । निक प्रियंका भन्दा ११ वर्ष कान्छा छन् ।

प्रियंका चोपडा र निक जोनस
बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडाको उमेर अन्तर पनि फरक छ । यो जोडी विगत केही समययता अफेयरका कारण चर्चामा छन् । उमेरको अन्तर हेर्ने हो भने मलाईका अर्जुन भन्दा १२ वर्ष जेठी छिन् ।

अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा
बलिउडकी सुन्दरी अभिनेत्री ऐश्वर्या राय बच्चन र उनका अभिनेता पति अभिषेक बच्चनको विवाह सन् २००७ मा भएको थियो । यो जोडीलाई बलिउडको परफेक्ट कपल मानिन्छ । यो जोडी प्रायः अवार्ड कार्यक्रम वा पार्टीमा सँगै देखिन्छन् । ऐश्वर्या उमेरको हिसाबले अभिषेक भन्दा २ वर्ष जेठी छिन् ।

ऐश्वर्या राय बच्चन र उनका अभिनेता पति अभिषेक बच्चन
पछिल्लो समयमा यस अनलाइनमा प्रकाशित भएका खोजमुलक समाचारहरु कपि गरेर आफ्नो साइटमा राख्ने पाइएको हुनाले केटीएम दैनिकको अनुमतिबिना कपी नगर्नुहोला । अन्यथा नेपालको प्रतिलिपी अधिकार ऐन र सामाजिक सञ्जाल फेसबुकको अनुसार उजुरी गरिने व्यहोरा सबैको जानकारीको लागि सूचित गरिन्छ ।

Related Articles

Back to top button
Close