International

जीवन बदल्ने गौतम बुद्धका १० भनाईहरु

गौतम बुद्ध आज संसारभर शान्तिको प्रतिकको रुपमा चिनिएका छन् । बुद्धको जन्म एउटा राजपरिवारमा भएता पनि उनले शान्ति प्राप्तिको निम्ति राजदरबारको महल त्यागेर कलिलै उमेरमा घना जङ्गलको एकान्त ठाँउ गएर ध्यान गर्न जानु पर्यो । शान्ति बाहिरी संसारमा पाउने भए गौतम बुद्धसंग के अपुग थियो र ? धन सम्पत्ति र राजनीतिक शक्ति राजाको छोरो भएपछि नहुने कुरै भएन, शान्तिको निम्ति दरबार त्याग्दा कलिलै उमेर भएकोले उनीसंग रुपको पनि कुनै कमी थिएन । खुशी र शान्ति धन सम्पत्तिबाट पाइन्छ भन्ने भ्रम प्राय: सबैमा हुन्छ । ‘पैसा’ जिउनको लागि सजिलो हुन्छ तर खुशी र शान्ति पाइन्छ भन्नू त भ्रम मात्र हो । आज धनी मानिसहरु नै सबै भन्दा धैरै दुखी छन् ।

धनले शान्ति मिल्ने भए गौतम बुद्धले कलिलै उमेरमा आफ्नो दरबार त्याग्नु पर्दैन थियो होला, सांसरका धनी देशका मानिसहरु सुख र शान्तिको निम्ति भौतारिदै संसार भरको रमणीय ठाँउको खोजी गर्दैनथिए होला । “शान्ती बाहिर खोजेर भेटिंदैन, त्यो आफूभित्र खोज्नुपर्छ” बुद्धको यो भनाइले पनि प्रष्ट पार्छ, वास्तवमा सुख र शान्ति त आफ्नै आत्मा भित्र पाइने रहेछ । हो खुशी र शान्ति बाहिरी सांसरमा होइन आफ्नै आत्मा भित्रै हुन्छ भन्ने कुरामा विस्वास गर्नेहरु नै शान्त र खुशी हुन्छन् । संसारका धेरै मानिसहरु ध्यान र योग गरेर शान्ति आफै भित्र प्राप्त गर्ने जमर्को गर्दैछन् , प्राकृतिक सुन्दरताको भ्रमण गरेर शान्ति पाउने कोसिस गर्दैछन् । पैसा ,शक्ति र यौवनबाट एकछिनको लागि आनन्द त मिल्ला तर दीर्घकालीन शान्ति र खुशी मिल्न सक्दैन । त्यसैले शान्ती र खुशी आफै भित्र खोजौ, बाहिरी सांसरमा नखोजौ । बुद्धको जन्म प्रति गौरव मात्र नगरौँ, बुद्धले जुन मार्गदर्शन गरे, त्यो बाटोमा हिँड्ने प्रयास पनि गराैँ ।

जीवन बदल्ने गौतम बुद्धका १० भनाईहरु

१) “मन नै सबैथोक हो, तिमी जे सोच्छौं, त्यस्तै बन्छौ ।” -गौतम बुद्ध
२) “सबै नराम्रो कुराबाट टाढा रहनका लागि राम्रो कुराको विकास गर । आफ्नो मनमा राम्रो विचार राख ।” -गौतम बुद्ध
३) “म कहिल्यै देख्दिन के के गरेँ भनेर, म केवल यो देख्छु कि, के गर्न बाँकी छ ।” -गौतम बुद्ध
४) “हाम्रो इच्छा कहिल्यै अन्त्य हुँदैन । यदि तिम्रो एउटा इच्छा पुरा भयो भने, दोस्रो इच्छा तुरुन्तै जन्मन्छ ।” -गौतम बुद्ध
५)”शंका गर्ने बानी सबैभन्दा खतरनाक हुन्छ । शंकाले मानिसलाई अलग गराउँछ । यसले दुई मिलनसार साथी वा कुनै राम्रो सम्बन्धलाई बर्बाद गर्छ ।” -गौतम बुद्ध
६) ” सूर्य, चन्द्रमा र सत्य यी तीन चिज धेरै लामो समयसम्म लुक्दैन ।” -गौतम बुद्ध
७)”बिना स्वास्थ्य जीवन, जीवन होइन, त्यो केवल एक पीडाको स्थिती हो ।” -गौतम बुद्ध
८)”घृणा, घृणाले होइन प्रेमले मात्र अन्त्या हुन्छ ।” -गौतम बुद्ध
९)”सत्यको मार्गमा चलिरहेको व्यक्तिले केवल दुई गल्ती गर्न सक्छन् । एक, पुरा बाटो तय नगर्ने । अर्को, यसको सुरुवात पनि नगर्ने ।” -गौतम बुद्ध
१०)”जति नै पवित्र शब्द पढे पनि वा बोले पनि त्यसको उपयोग नगर्दा सम्म कुनै अर्थ हुँदैन ।” -गौतम बुद्ध

Related Articles

Back to top button
Close