Entertainment

अभिनेता वरुणले शेयर गरेको तस्विरमा तपसीले यस्तो कमेन्ट गरेपछि बनि ट्रोल

-फिल्म ‘स्टुडेन्ट अफ द इअर’बाट बलिउडमा डेब्यु गरेका चर्चित नायक हुन् वरुण धवन । उन यतिबेला फिल्म ‘स्ट्रिट डान्सर’ को छायांकनमा व्यस्त रहेका छन् ।

उनले पहिलो फिल्मबाट नै आफ्नो करीयर शुरु गरेका हुन् । उनले अहिले सम्म धेरै चलचित्रमा अभिनय गरेका छन् ।तर उनका फिल्म फ्लप भने भएका छैनन् । उनले फिल्म ‘जुड्वा २मा नायिका तपसी पन्नुसंग अभिनय गरेका थिए । हालै सामाजिक संजालमा वरुण धवन जिम गरीरहेको एक तस्विर भाइरल भएको छ ।

उनले आफ्नो ट्वीटर एकाउन्ट मार्फत जिम गरीरहेको तस्विर शेयर गरेका हुन् । उक्त तस्विरलाई तपसी पन्नुले नराम्रो प्रतिक्रया दिदै जिस्काएकी छिन् । तपसीले वरुणलाई खाना खान थाल नत्र म लल्लि आन्टीलाई भन्दिन्छु भनेर कमेन्ट गरेकी छिन् ।वरुणले पनि तपसीलाई आफुले एक्लै पराठा खाएर उनलाई नबोलाएको भन्दै प्रतिक्रिया दिएका छन् ।हालै मुम्बईमा घर किनेका वरुणको फिल्म कलकं त्यति सफल हुन् सकेन् । osnepal

Related Articles

Back to top button
Close