HealthNews

ललितपुरमा थप एकजनामा कोरोना संक्रमण

ललितपुरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा एक महिलामा कोरोना पुष्टि भएको हो।

आइतबार मात्रै थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार १०५ जना महिला ३५८ पुरुष गरेर ४६३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।कुल संक्रमितमध्ये १ हजार ४७४ महिला र ११ हजार २९८ पुरुष छन्।

रेड जोनमा ५१४ जना छन्।आइतबार थप २ जना रेड जोनमा परेका छन्।

यस्तै नेपालका ७७ जिल्लामै कोरोना फैलिएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १३ महिला र १६६ पुरुष गरेर १७९ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना जित्नेको
संख्या ३ हजार १३ पुगेको छ।मृतकको संख्या भने २८ पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २ लाख १५ हजार ८३९ र आरडीटी विधिबाट २ लाख ९६ हजार ७६६ जनाको नमुना परीक्षण गरिएको छ।६१ हजार ७३१ जना क्वारेन्टाइनमा छन् भने ९ हजार ७३१जनाको आइसोलेसनमा उपचार भइराखेको छ। Annapurnapost

Related Articles

Back to top button
Close