International

अमेरिकाको धेरै स्थानहरूमा फेरि बढ्यो कोरोना संक्रमण

१४ असार । अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या २५ लाख बढी पुगेको छ ।

कोरोनाको सबैभन्दा बढी संक्रमण फ्लोरिडा र टेक्ससमा रहेको जनाइएको छ बीबीसीका अनुसार शनिबार फ्लोरिडामा लगातार दोस्रो दिन ९ हजार भन्दा बढी संक्रमितहरु फेला परेको छ । त्यहाँ अहिलेसम्म एक लाख ३२ हजार संक्रमित पुगेको छ, भने ३ हजार ३ सयको ज्यान गएको छ ।

संक्रमण फेरि तीव्र गतिमा बढेपछि शनिबार फ्लोरिडामा प्रशासनले एक पटक फेरि कडाइ गरिएको छ । शुक्रबार टेक्सासमा फेरि प्रतिबन्ध लगाइएको छ।

अमेरिकामा कोरोना संक्रमणबाट अहिलेसम्म १ लाख २८ हजार मानिसहरुको ज्यान गएको छ । news24nepal

Related Articles

Back to top button
Close