दुर्गममा पुगेर बिरामीको निशुल्क उपचार गर्दै डा. केसी
चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बाजुराको जिल्ला अस्पताल कोल्टी प्रथामिक स्वास्थ्य केन्द्रमा बिरामी उपचारपछि कर्णाली प्रदेशका दुर्गम गाउँमा पुगेको छन् । एक हप्ता बाजुरामा निशुल्क उपचार गरेका उनी अहिले हुम्लाको ताजाकोट गाउँपालिका २ मैलामा रहेको मैला स्वास्थ्य चौकीमा पुगेर बिरामीको निशुल्क उपचार गरिरहेका छन् ।
बिहीबार स्वास्थ्यचौकी पुगेका केसीले बिरामीको चेकजाँचसँगै उपचार गरिरहेका फेज नेपाल नामक गैर सरकारी संस्थामा कार्यरत अनमी अनिता श्रेष्ठले बताइन्। स्वास्थ्य चौकीमा सेवा दिन केसी पुगेपछि उपचार गर्न आउने बिरामीको निकै घुइँचो लागेको श्रेष्ठले बताइन् । लामो समयदेखि उपचार गर्न नसकेर रोग पालिरहेका बिरामीले सेवा लिएका उनले बताइन् । केसी बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट तीन दिने पैदल यात्रामा त्यहाँ पुगेका थिए ।
चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बाजुराको जिल्ला अस्पताल कोल्टी प्रथामिक स्वास्थ्य केन्द्रमा बिरामी उपचारपछि कर्णाली प्रदेशका दुर्गम गाउँमा पुगेको छन् । एक हप्ता बाजुरामा निशुल्क उपचार गरेका उनी अहिले हुम्लाको ताजाकोट गाउँपालिका २ मैलामा रहेको मैला स्वास्थ्य चौकीमा पुगेर बिरामीको निशुल्क उपचार गरिरहेका छन् ।
बिहीबार स्वास्थ्यचौकी पुगेका केसीले बिरामीको चेकजाँचसँगै उपचार गरिरहेका फेज नेपाल नामक गैर सरकारी संस्थामा कार्यरत अनमी अनिता श्रेष्ठले बताइन्। स्वास्थ्य चौकीमा सेवा दिन केसी पुगेपछि उपचार गर्न आउने बिरामीको निकै घुइँचो लागेको श्रेष्ठले बताइन् । लामो समयदेखि उपचार गर्न नसकेर रोग पालिरहेका बिरामीले सेवा लिएका उनले बताइन् । केसी बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट तीन दिने पैदल यात्रामा त्यहाँ पुगेका थिए । annapurnapost