News

अमेरिकी सेनाको हत्या गर्न रुसले आतंकवादी समूहलाई पैसा बाँड्दै

रुसी सेनाले अमेरिकी सैनिकको हत्या गर्न पैसा बाँडेको खुलेको छ । पछिल्लो खुलासाअनुसार रुसी सेनाले अफगानिस्तानमा अमेरिकी सेना र उसको एलायन्समा रहेका अन्य देशका सेनाको हत्या गर्नको लागि अफगानिस्तानका आतंकवादी समूहलाई इनाम दिने प्रस्ताव गरेको थियो । अमेरिकी गुप्तचर एजेन्सीको रिपोर्टको हवाला दिँदै न्यूयोर्क टाइम्सले प्रकाशित गरेको समाचारमा यसको खुलासा गरिएको छ ।

गुप्तचर एजेन्सीको रिपोर्टमा रुसले गत वर्ष युरोपमा पनि यस्तै गरेको पाइएको छ । रुसी सेनाले इस्लामिस्ट आतंकवादी वा अन्य सशस्त्र समूहलाई अमेरिकी सेनाको हत्या गरेवापत पैसाको इनाम दिने गरेको रिपोर्टमा उल्लेख छ । अफगानिस्तानमा झण्डै २० वर्षको युद्धपछि तालिबानसँग अमेरिकाले वार्ताको तयारी गरे पनि विफल भएको थियो । वार्ताको क्रममा अमेरिकी सेना फिर्ता हुने सहमति भए पनि त्यो पूरा हुन सकेन, अर्को तर्फ तालिबान हमला पनि रोकिएको छैन ।

Related Articles

Back to top button
Close