News

दुखद समाचार ! बाँके दुर्घटनामा दाङका पूर्णबहादुर पुनको बंश नै नाश भयो

लसीपुर , जेठ २० । बाँकेको अगैया नजिकै भएको सवारी दुर्घटनामा दाङका एकै घरका तीन जनाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. ३ पातेटाकुरा निवासी ३२ बर्षीय पूर्णबहादुर पुन, उनकी २७ बर्षीया पत्नि सीता पुन र उनीहरुका १० बर्षका एक्ला छोरा हिमान्सु पुनको मृत्यु भएको छ । शान्तिनगर ३ का वडाध्यक्ष बुद्धिराम तिवारीले पुनको बंश नै नाश हुने गरि भएको दुःखद घटनाले गाउँ शोकमा डुवेको बताए ।

रोजगारीको खोजीको लागि डेढवर्ष अगाडि सपरिवार उनीहरुका चण्डीगढ गएका थिए । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासदीका कारण उनीहरु आइतवार राति नेपालगन्ज हुँदै दाङस्थित घर फर्किन लागेका थिए । पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती सोनारी गाउँपालिका वडा नं. २ ठुरिया जंगलमा ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा चालक सहचालकसहित १२ जनाको मृत्यु भएको थियो ।

Related Articles

Back to top button
Close