Entertainment
रक्षा बन्धनमा भाइ चाहियो भनेर ४ छोरीले जिद्दी गरेपछि ३ वर्ष भाकल गरेर जन्मेका थिए सुशान्त
सुशान्त सिंह राजपूत चार छोरीपछि जन्मिएका एक्ला छोरा थिए । ४ दिदीहरुलाई भाइ बिना रक्षा बन्धन खल्लो लागेपछि छोराको चाहान बढेको थियो ।
सुशान्तका पिता केके सिंहले मिडियासँग कुराकानी गर्दै परिवार भित्रको रहस्य खोल्दै भने, ”३ वर्ष भाकल गरेर जन्मेको छोरा हामीभन्दा पहिले गयो ।
जसका लागि यति धेरै भाकल गरिन्छ उनीहरुमाथि नै त्यस्तै हुन्छ ।”
सुशान्तका पिता केके सिंहले भारतीय सञ्चार माध्यमसँग आफ्ना छोराबारे कुरा गर्दै भने हामी सुशान्तलाई भगवानको उपहार मान्थ्यौँ तर भगवान्ले नै छिट्टै छाडेर गए ।
कुराकानीका क्रममा खुल्दै गएका केकेले भने, “अरु बेला वास्ता नभएपनि दिवाली खल्लो लाग्ने गर्थ्यो,छोरीहरुले भाइको रहर गरेपछि हामीले भाकल गरेर उस्लाई जन्माउको हौं”