News

पाकिस्तानी प्रधानमन्त्रीले लादेनलाई ‘शहीद’ भन्दै प्रशंसा गरे

पाकिस्तानी प्रतिपक्षी दलका नेता खवाजा असिफले प्रधानमन्त्री इमरान खानको भाषणको कडा आलोचना गरेका छन् ।

प्रधानमन्त्री खानले राष्ट्रियसभामा ओसामा बिन लादेनलाई ‘शहीद’ भनेर सम्बोधन गरेका थिए । उक्त भाषणमा शहीद सम्बोधनलाई लिएर प्रतिपक्षी दलका वरिष्ठ नेता खवाजाले आलोचना गरेका हुन् । ‘इमरान खानले ओसामा बिन लादेनलाई शहीद भने, बिन लादेनले हाम्रो भूमिमा आतंकवाद फैलाए, उनी आतंककारी थिए । तर उनले शहीद भने,’ असिफले राष्ट्रियसभाको बैठकमा भने ।

बिहीबार प्रधानमन्त्री खानले संसदमा बोल्दै यस्तो विवादास्पद अभिव्यक्ति दिएपछि उनी निकै आलोचित बनेका छन् । उनले अमेरिकी नीतिको विरोध गर्ने क्रममा लादेनलाई प्रशंसा गर्न पुगेका थिए । ‘अमेरिकीहरु अबोटाबादमा आएर अलक्वायदा शहीद ओसामा बिन लादेनको हत्या गरे । त्यसपछि सारा संसारले हामीलाई गाली गर्न थाल्यो र नराम्रो कुरा गर्न थाले,’ प्रधानमन्त्री खानले भनेका थिए ।

विधायक मुस्तफा अवाज खोखरले भने प्रधानमन्त्री खानलाई सुरक्षा खतरा रहेको औंल्याएका छन् । यस विषयलाई लिएर अरु नेताहरुले पनि आफ्नो मत राखेका थिए । केही नेताहरुले भने खानले तालिबान र लादेनको प्रशंसा गरेकोमा रुष्ट बन्दै खानलाई ‘तालिबान खान’ भन्दै व्यंग्य र आलोचना पनि गरे ।

‘आज इमरानले संसदमा आफूलाई प्रमाणित गरे कि, उनी तालिबान खान हुन्, उनको सम्बन्ध सशस्त्र समूहसँग भएको भन्दै उनको कडा आलोचना भएको हो । खान पाकिस्तानमा तालिबानको कार्यालय खोल्न आग्रह गर्ने नेता भएको भन्दै विपक्षी नेताहरुले उनको आलोचना गरेका छन् ।

Related Articles

Back to top button
Close