HealthNews

नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या २६ पुग्यो

नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । बुधबार राति र बिहीबार विहान गरेर थप दुई संक्रमितको मृत्यु भएपछि मृत्यु हुनेको संख्या २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

बुधबार राति स्याङ्जाको आँधीखोला गाउँपालिका-१ सिरुवारीका ५५ वर्षीय पुरुष र बिहीबार विहान चितवनका ४९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

स्याङ्जाका संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा निधन भएको हो । उनी निमोनिया र मधुमेहको समस्याले पनि ग्रसित रहेका थिए ।

यता ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ का एक पुरुषको पनि कोरोना संक्रमणको कारण निधन भएको मन्त्रालयले जनाएको छ । ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका उनी चितवनको स्थायी वासिन्दा भएको पनि बताइएको छ । news24nepal

Related Articles

Back to top button
Close