News

Sad News भर्खरै भयो मुटु कापने दु,र्घटना आमा र छोराको घटनास्थलमै मृत्यु

राजविराज / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गए राति भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको दास सवार मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो । सो दुर्घटनामा परी मोटरसाइकलमा सवार आमा, छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको दास सवार मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो । सो दुर्घटनामा परी मोटरसाइकलमा सवार आमा, छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

कोरोना संक्रमित नभएपनि उपचारको अभावमा झाडापखाला लागेको युवाको तड्पी तड्पी मृत्यु
काठमाडौं । देशमा कोभिड उपचारका नाममा १० अर्बभन्दा बढी खर्च भए पनि सर्वसाधारणको स्वास्थ्यमाथि कसरी खेलबाड भइरहेको छ भन्ने कठोर उदाहरण धनुषामा देखिएको छ । भारतमा रोजगारी गुमेपछि भोकै ज्यान जाने डरले मातृभूमि फर्किएका १६ वर्षीय किशोरको उपचार नपाएर मृत्यु भएको छ । जब कि उनलाई कोभिड थिएन भन्ने पुष्टि भएको छ ।

धनुषाको हंसपुर नगरपालिका– ७ निवासी पर्साहीस्थित विपन्न दलित बस्तीका राजु सदा रोजगारीका लागि भारत पसेका थिए । उनको उमेर १६ वर्ष मात्रै थियो, तर दक्षिण भारतको चेन्नईको होटेलमा काम गरेर उनले परिवारको आर्थिक जिम्मेवारी पूरा गर्दै आएका थिए । तर, लकडाउनपछि होटेलले उनलाई कामबाट निकाल्यो, गाँस र वासको पनि समस्या भएपछि उनी नौजना साथीसँग घर फर्किएका थिए । ‘घर पुगे बाँचिएला भन्दै छोरो आएको थियो, बस र रेल नपाएकाले कतै ट्रक र कतै हिँडेर आएको हो,’ पिता अशेश्वर सदा भन्छन्, ‘चेन्नईबाट आठ दिन लगाएर उनीहरू नेपाल आइपुगेका हुन्, तर गाउँ आइपुग्दा मेरो छोरा निकै हर्षित थियो ।’

राजुको समूह १४ जेठमा गाउँ आइपुगेको थियो, उनीहरूलाई नगरपालिकाले लौवाखोरमा सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट आएकाको कोरोना परीक्षण गर्ने भने पनि उनीहरूलाई विनापरीक्षण क्वारेन्टाइनमा राखियो । ‘१० दिनपछि अर्थात् २४ जेठमा मात्र नमुना संकलन गरियो । एक–दुई दिनपछि राजुलाई पखाला लाग्यो,’ चेन्नईबाट सँगै आएका र सँगै बसेका अरुण सदा भन्छन्, ‘पखाला किन लाग्यो भनेर सोधखोज भएन, सीधै कोरोना हो भनेर आइसोलेसनमा पठाइयो ।’

Yeti Diistillery
पखालाले ग्रस्त भएका राजुलाई अस्पताल लग्न एम्बुलेन्सको समेत व्यवस्था थिएन, नगरपालिकाको टिपरमा राखेर २८ जेठमा प्रदेशिक अस्पताल जनकपुरको आइसोलेसन पु¥याइयो । ‘रिपोर्ट आएको थिएन, तर त्यही कोरोना हो भनेर अस्पतालले हेरचाह गर्न छाडिदियो,’ पिता अशेश्वर भन्छन् । क्वारेन्टाइनमा बसेको १० दिनपछि मात्र नमुना संकलन गरियो, त्यसको चार दिनपछि उनलाई आइसोलेसनमा लगियो । तर, रिपोर्टको प्रतीक्षा त्योभन्दा बढी कष्टकर थियो । किनकि रिपोर्ट संकलन भएको १४ दिन अर्थात् आइसोलेसनमा राखिएको १० दिनसम्म पनि रिपोर्ट आएको थिएन ।

पेट दुखेर राजु आइसोलेसनमा तड्पिरहेका थिए, तर उनलाई कोभिड लागेको हो कि होइन भन्ने रिपोर्ट दुई सातासम्म पनि आएन । ‘ल्याब र जनशक्ति कम छ भन्ने सबैलाई थाहा छ, प्रदेशको प्रयोगशालामा आज पनि ६ हजार ८१३ नमुना थन्किएका छन्, योभन्दा छिटो दिन सकिने अवस्था नै थिएन,’ प्रयोगशालाका एक अधिकारीले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Related Articles

Back to top button
Close