News

वडाध्यक्ष तामाङको निधन

पू्र्वी चितवनको राप्ती नगरपालिका–११ का वडाध्यक्ष हितबहादुर योञ्जन तामाङको निधन भएको छ। उनको ४९ वर्षको उमेरमा मकवानपुरको भिमफेदीमा निधन भएको कान्छा छोरा हरि तामाङले जानकारी दिए।

लामो समयदेखि अल्सरको उपचार गर्दै आएका तामाङको पछिल्लो समय कलेजोले काम गर्न छाडेको थियो। समस्या जटिल भएपछि उनलाई अस्पतालले घरमा नै आराम गर्न भनी पठाएको नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिए। उजका अनुसार तामाङको निधन बुधबार दिउँसो ४ बजे भएको हो।

उनलाई केही दिनअघि आयुर्वेदिक उपचारका लागि मकवानपुरको भीमफेदी लगिएको थियो। उपचारका क्रममा तामाङको निधन भएको हो। नगरसभा सकिने समयमा उनको निधन भएको खबर आएको प्रमुख बरालले बताए। तामाङ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उहाँको एक श्रीमती, दुई छोरा र दुई छोरी छन्। annapurnapost

Related Articles

Back to top button
Close